Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी आएर देउवाको टिप्पणी : ‘कांग्रेसका लागि एक्लै बहुमत अपरिहार्य’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २५ गते


काठमाडौं, चैत २५- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए ।

‘एक्लै जित्न सक्ने पार्टी, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरु एक भएर लागेर आपसी समझदारी, समन्वय कायम गर्दै देशभर नै पार्टी जित्नु आवश्यक छ ।’ उनले भने ।

पार्टीकाे काठमाडौं क्षेत्र नम्बर-२ को क्षेत्रीय सम्मेलनलाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीका आगामी निर्वाचनमा बहुमत ल्याउने बनाउनका लागि एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि पार्टीका नेताहरुलाई सचेत गराए ।

‘म सबै साथीहरुलाई पार्टीलाई एक बनाएर लगेर आपसमा घात, अन्तरघात नगरेर एक भएर यो पार्टीलाई एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपरेको छ हामीलाई । त्यसकारण झन् एक भएर हामी सबै साथीहरु लाग्दै बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर पूरा गर्नका लागि हार्दिक अनुरोध गर्दछु ।’

सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजान जाेड दिए ।


प्रतिकृया दिनुहोस्