Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतीय सेनाप्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मनार्थ महारथीको दर्जा प्रदान गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष समारोहकाबिच मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।

नेपाल र भारतबिच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहेको छ।

समारोहमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देलसँगै सेनाका उच्च अधिकारीहरु सहभागी थिए। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव उपस्थित थिए।

तीनदिने नेपाल भ्रमणका क्रममा सेठ आइतबार अपरान्ह काठमाडौँ आइपुगेका हुन्।

 


प्रतिकृया दिनुहोस्