Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुबे : बाबुराम भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १९ गते


काठमाडौं, चैत १९- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुब्दै गर्दा देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रहेको प्रतिक्रिया दिएका छन् ।

आइतबार राति सामाजिक सञ्जाल एक्समा उनले पञ्चायतकालमा गरेको संघर्षको सम्झना गर्दै भट्टराईले २०३३/३४ सालदेखि चर्किएको संघर्षले ४७ सालमा बहुदल पुनःस्थापना भएको बताएका छन् । परिवर्तन अपूरो भयो भनेर आफूहरूले १० वर्ष सशस्त्र विद्रोह गरेको र त्यसको पूरक जनआन्दोलन मधेश विद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उनको दाबी छ ।

उनले क्रान्तिमा सहभागी भएकाहरू नै सत्ताको चास्नीमा डुबेर रूपान्तरणको काम भुलेको आरोप लगाएका छन् । आफूहरूजस्ता केहीले राजनीतिको पुनःसंरचनाको कुरा गर्दा मूर्ख सावित हुनुपरेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

‘हिजोका अधिकांश क्रान्तिकारीहरू नयॉ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिकरसामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्’, उनले लेखेका छन्, ‘बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयॉ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ ।’

उनले गल्ती सच्याउन र इतिहास दोहोरिन नदिन सुझाव दिएका छन् ।


प्रतिकृया दिनुहोस्