Hamro Sanchar

देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १८ गते


Advertisement

काठमाडौँ, चैत १८- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि भने कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्