Hamro Sanchar

चार प्रदेशमा वर्षा, भोलिदेखि मौसममा सुधार आउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १७ गते


Advertisement

काठमाडौं, चैत १७- न्यूनचापीय वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबारदेखि मौसम क्रमशः सुधार हुने महाशाखाको पूर्वानुमान छ । न्यूनचापीय वायुको प्रभाव कमजोर भई आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्