Hamro Sanchar

कुवेतको भाइरल भिडियो प्रकरण : जनप्रगतिशील मोर्चाले पदम बहादुरलाई दियो चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १६ गते


Advertisement

काठमाडौं, चैत १६- सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली पुरुषद्वारा हत्या गरिएको भनि भाइरल भएको भिडियोको बारेमा जनप्रगतिशील मोर्चा कुवेतले पदम बहादुर थापालाई चेतावनी दिएको छ ।

कुनै सत्यता नभएको पुष्टी भएपछि जिवन गिरी र पदम बहादुर थापाले सार्वजनिक रुपमा माफी मागेपनि थापाको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मोर्चाले चेतावनी दिएको हो । मोर्चाका अध्यक्ष बिकल्पले बुधबार एनआरएनए एनसीसी र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिसहित भएको छलफलमा बुँदागत रुपमा पाँच वटा प्रश्न गरेका थिए । तर उक्त प्रश्नको उत्तर चित्त बुझ्दो नभएको भन्दै मोर्चाले एक आउदा दिनहरुमा कसैको चरित्र हत्या गर्न अश्लील भिडीयो सामाग्री बनाउन लगाउने दुष प्रयास नगर्न र यस्ता गैरकानुनी कार्यमा समलग्न भएको पाएमा कानुनी उपचार तिर लाग्ने बताएको छ ।

उनीहरुले अन्य कुनै देशमा घटना घटेको भिडियोलाई कुवेतमा घटना घटेको भनी तोडमोड गरि भिडियो बनाएर सामाजिक संजालमा राखेका थिए । उनीहरुले एनआरएनए एनसीसी र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिको सामु उनीहरुले अब कहिले पनि यस्तो गल्ती नदोहोराउने भन्दै माफी मागेका थिए ।


प्रतिकृया दिनुहोस्