Hamro Sanchar

वडाध्यक्ष थापा नगरपालिका संघको सामाजिक सुरक्षा र समावेशीकरण विभागको सदस्यमा मनोनीत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २९ गते


Advertisement

काठमाडौं, फागुन २९- नेपाल नगरपालिका संघको बिभिन्न बिभाग गठन भएको छ । सोमबार होटेल एभरेस्टमा भएको नेपाल नगरपालिका संघ केन्दीय समितीको बैठकले विभिन्न बिभागहरु गठन गरेको हो ।

बैठकले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलाई नेपाल नगरपालिका संघको संस्कृति तथा पर्यटन विभागको संयोजक पदमा मनोनित गरेको छ । भने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिमसेन थापा सामाजिक सुरक्षा र समावेशीकरण विभागको सदस्यमा मनोनीत भएका छन् ।

यस्तै चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्की वन वातावरण तथा ब्यवस्थापन विभागको सदस्यमा मनोनीत भएका छन् ।

मनोनीत संयोजक र सदस्यलाई संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले प्रमाणपत्र हस्तान्तरण गरे ।

बैठकमा ७ वटै प्रदेशबाट जनप्रतिनिधिहरु सहभागि थिए । संघले ७ वटै प्रदेशबाट १४ वटा बिभाग गठन गरेको छ । विभागमा बिभिन्न प्रदेश, नगर प्रमुख, नगर उपप्रमुख र वडा अध्यक्षहरु बिभागीय समितिमा रहेका छन् ।

बैठकले पालिकामा देखिएका समस्याहरुको बारेमा छलफल गरेको थियो ।

नगरपालिका संघले मंगलबार जन्मोत्सब कार्यक्रम मनाउने कार्यक्रम रहेको छ ।


प्रतिकृया दिनुहोस्