Hamro Sanchar

गृहमन्त्री लामिछानेले प्रहरीलाई भने- ‘मलाई होइन तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस्’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २९ गते


Advertisement

चितवन, फागुन २९- गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्ने जो कोहिलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले कानुनी राज्य भनेको के हो भनेर देखाइदिन पनि प्रहरीलाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘देशभरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल…’


प्रतिकृया दिनुहोस्