Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल थामी संघ र नेपाल छन्त्याल संघ समाजवादीको केन्द्रीय तदर्थ कमिटी गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २७ गते


Advertisement

काठमाडौं, फागुन २७- नेकपा एकीकृत समाजवादी निकट नेपाल थामी संघ र नेपाल छन्त्याल संघ समाजवादीको केन्द्रीय तदर्थ कमिटी गठन भएको छ । शनिबार नयाँ बसपार्कस्थित एक होटलमा संयुक्त रुपमा आयोजित थामी र छन्त्यालहरुको भेलाले नेपाल थामी संघ (समाजवादी) र नेपाल छन्त्याल संघ(समाजवादी)को केन्द्रीय तदर्थ कमिटी गठन गरेको हो ।

थामी संघ समाजवादी केन्द्रीय तदर्थ कमिटीको अध्यक्षमा महल थामी रहेका छन् भने उपाध्यक्षमा भिम बहादुर थामी र उपाध्यक्ष निसु थामी, महासचिव नितेश कुमार थामी, सचिव सुनिता थामी, कोषाध्यक्ष यम माया थामी र सदस्यहरुमा सुन्दर थामी, सुरोज थामी, सविन थामी, संजिव थामी र बुद्धि बहादुर थामी रहेका छन् ।

भने नेपाल छन्त्याल संघ समाजवादीको केन्द्रीय तदर्थ कमिटी अध्यक्षमा केशर छन्त्याल, उपाध्यक्ष करण छन्त्याल, महासचिव  सोम बहादुर छन्त्याल, सचिव हरि बहादुर छन्त्याल, सचिव सिता छन्त्याल, सदस्यहरुमा इन्द्र बहादुर छन्त्याल, टीका देवी छन्त्याल, जया छन्त्याल, याम बहादुर छन्त्याल र चन्द्र बहादुर छन्त्याल रहेका छन् ।

संयुक्तरूपमा आयोजित भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ समाजवादीका ईन्चार्ज पासाङ शेर्पा रहेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ समाजवादी बागमती प्रदेश कमिटीको सचिव बिकल श्रेष्ठ, महासंघ केन्द्रीय सदस्य पेमासाङबो शेर्पाको बिषेश आतिथ्य रहेको थियो ।

नवगठित कमिटीले तत्कालका लागि ११ सदस्यीय नेपाल थामी संघ र ११ सदस्यीय नेपाल छन्त्याल संघ समाजवादी केन्द्रीय तदर्थ कमिटी गठन गरि आगामी चैत १७ गते शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राष्ट्रिय भेला आयोजना गरि संघको केन्द्रीय कमिटी, विधान, र आफ्नो अबधारणा पत्र अनुमोदन गर्ने निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस्