Hamro Sanchar

माओवादीले प्रचण्डका भाइ दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २७ गते


Advertisement

काठमाडौँ, फागुन २७- नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको देवेन्द्र पौडेलले जानकारी दिए ।

पार्टीपंक्तिले भने ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका नारायण दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत दाहालको कार्यकाल २०८४ मा सकिँदैछ ।

यही फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ । संघीय संसद सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २८ गते प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको छ ।

उता नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस्