Hamro Sanchar

राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २७ गते


Advertisement

काठमाडौं, फागुन २७- नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ ।

यही फागुन २९ गते हुने निर्वाचनका लागि राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको महामन्त्री गगन थापाले सेतोपाटीलाई जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आइतबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन् । उनी २०७८ माघमा भएको राष्ट्रिय सभा चुनावबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।


प्रतिकृया दिनुहोस्