काठमाडौँ, फागुन २६- नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका हुन् ।
‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छु, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’ उनले भने ।