Hamro Sanchar

म माथि कुनै दाग लागेन : पूर्वमन्त्री किराँती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २४ गते


Advertisement

काठमाडौं, फागुन २४- पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफूमाथि कुनैपनि दाग नलागेको बताएका हुन् ।

उनले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको सुनाए । ‘एक वर्षको अवधिमा धेरै काम गरेको छु। त्यसको परिणाम निस्किने बेला भएको छ’ उनले भने ।

मन्त्रीको रुपमा रहँदा आफूमाथि कुनैपनि विवादमा नआए पनि विवादित भने बनाइएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनले जनाए । पूर्वमन्त्री किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताए ।


प्रतिकृया दिनुहोस्