Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सीके राउतको आरोप : विदेशीले धाप मारेपछि प्रधानमन्त्री बुरुक्क उफ्रिनुहुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २४ गते


Advertisement

काठमाडौं, फागुन २४- जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता समीकरण फेरिनुमा प्रधानमन्त्री पुष्पकमल दाहालको अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिका रहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले अहिले गठबन्धन फेरिनुको गहिरो कारण प्रधानमन्त्रीले नै दिन नसकेको बताए ।

बहुमत पुग्ने शक्ति जम्मा पारेर नयाँ गठबन्धन निर्माण गर्नुलाई भ्यागुते प्रवृत्ति भन्दै नेता राउतले भने, ‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्मानननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन ।’

उनले प्रधानमन्त्रीको यस्तो उफ्राइले संघीय सरकार मात्र नभई सातवटै प्रदेश सरकार ढल्ने सम्भावना बढेको र त्यसको घाटा देश र जनताले ब्यहोर्नुपरेको बताए । ‘अझ उहाँ गर्वका साथ भन्नुहुन्छ म मिस्टर उथलपुथल हो’, राउतले भने ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउनुमा प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो भएको राउतले बताए ।


प्रतिकृया दिनुहोस्