काठमाडौँ, फागुन २३- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ । केही दिनदेखि रुघाखोकीले घरमै आराम गरिरहेका नेपाललाई भेट्न सभापति देउवा आफै केहि समयमा कोटेश्वर आउने नेता नेपालको निजी सचिवालयले जनाएको छ ।
सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए ।
सभापति देउवा र नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।