Hamro Sanchar

माछा मार्न जाँदा बेपत्ता एक जनाको शव भेटियो, एक अझै बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १४ गते


काठमाडौं, फागुन १४- सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

कास्की, पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपता भएका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर १ का ४० वर्षीय मंगा तामाङ मृत अवस्थामा फेला परेका हुन् ।

सशस्त्र प्रहरी बल, नम्बर २४ कालिका गण कास्कीबाट खटिएको टोलीले उनको शव सोमबार राति एक बजे ढुंगामा अड्किएको अवस्थामा फेला पारेको हो । प्रहरीकाअनुसार सोही ठाउँमा ४३ वर्षीय रक्सेस तामाङ नदीमा बेपत्ता नै छन् ।

माछा मार्न गएका अन्य तीन जना भने सकुशल रहेका छन् ।


प्रतिकृया दिनुहोस्