Hamro Sanchar

९० लाख तिरेर अवैध रुपमा अमेरिका पुगेका वसन्त सिकिस्त बिरामी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १३ गते


Advertisement

रुकुम पूर्व, फागुन १२- मानव तस्करको सहयोगमा अवैध रुपमा अमेरिका छिरेका सिस्ने गाउँपालिका वडा नं। ३ पोखराका ३२ वर्षीय वसन्त शर्मा सिकिस्त बिरामी परेका छन् । एक वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत छन् ।

२०७८ साल चैतमा घरबाट हिँडेका वसन्त आठ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । उनकी श्रीमती उर्मिलाले करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर उता पुगेको भन्दै श्रीमान् बिरामी भएको खबरले मर्माहत भएको बताइन् ।

अमेरिका पुगेको ११ महिनापछि अस्पताल भर्ना गरिएका वसन्तको अवस्था गम्भीर रहेको बताउँदै उनकी भाउजु अस्मिता शर्माले अहिले न्युयोर्कको जर्सीस्थित अस्पतालमा उपचार भैरहेको जानकारी दिइन् । टिबीको संक्रमण भएको अस्पतालले बताएको छ । संक्रमण फोक्सोबाट बढेर दिमागको बायाँ भागमा समेत पुगेको बताउँदै उनले सुरुदेखि नै भेन्टीलेटरमा राखेर उपचार भैरहेको बताइन् । वसन्तसँगै अमेरिका पुगेका पोखराकै मिलन मगरले मेक्सिकोमा छँदा नै वसन्त निकै कमजोर भइसकेको बताए ।


प्रतिकृया दिनुहोस्