Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

३ जनाको हत्यापछि काजीले छोरालाई भिडियो खिच्न लगाए, भने- ‘तिमीहरु गरेर खानु’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ९ गते


Advertisement

काठमाडौँ, फागुन ९- काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेका छन् ।

सोलुखुम्बुका बुधवार बिहान सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनकी ८ वर्षीया छोरी अनिशा र दुई वर्षीया नातिनी शिवनाको हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजु फेला परेका हुन् ।

राजुका दुई जना छोराहरु पनि रहेका छन् ।

ईश्वरीले राजुसँग दोस्रो विवाह गरेकी हुन् । राजुसँग घरजम हुनुअघि उनको छोरा भैसकेका थिए । जेठो छोरा अनिल अहिले वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा छन् । राजुसँग विवाह गरेपछि जन्मिएका हुन् अनिश । बुधवार हत्या गर्नुअघि राजुले १५ वर्षीय अनिशलाई दुनोट किन्न पसलमा पठाएका थिए । अनिश फर्किँदा उनले आमा, बहिनी र दाजु (अनिल) को छोरी शिवानाको हत्या गरिसकेका थिए ।

पसलबाट फर्केर आएपछि अनिशलाई उनले मोबाइलमा भिडियो खिच्न लगाए । अनिशले भिडियो खिचेपछि सो भिडियो दाजुलाई साउदीमा पठाइदिन आग्रह गरेर उनी डोरी लिएर निस्केका हुन् । अनिश भन्छन्– ‘मैले नजानु भन्दा मलाई हुत्याएर बाबा हिँड्नुभयो, हातमा कपडाको डोरी लैजानुभएको थियो ।’

अनिशले खिचेको भिडियोमा राजुले भनेका छन्- ‘भाग्य अनुसार मैले गरेको हुँ, मैले भनेको सबै भइसक्यो ।’ आफ्नी पत्नी ईश्वरी र चितवनको एकजना केटाबिच ‘विवाहेत्तर सम्बन्ध’ रहेको जिकिर गर्दै राजु घिमिरे ‘काजी बिक’ले भनेका छन्–‘चितवनको केटालाई छाड्ने हैन ।’

आफूले राम्रो गर्न खोजे पनि कहिल्यै राम्रो नभएको गुनासो गर्दै काजीले भनेका छन्–‘तिमीहरू गरेर खाऊ, ममीजस्तो भएर नहिँड् ।’ छोरा अनिश र झड्केलो छोरा अनिलसँग माफी माग्दै काजीले भनेका छन्– ‘माफ गर्दे हिजो सोचेको गरेँ, अनिशलाई सबै जिम्मा दिएको छु, साँचो लिनु अनिशलाई हेला नगर्नु ।’ अनिश सितापाइलास्थित पिपल्स एकेडेमीमा कक्षा ७ मा पढ्छन् ।


प्रतिकृया दिनुहोस्