काठमाडौं, फागुन ३- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो ।
दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । बुधबार दिनभर धुम्म रहेको उपत्यका आज सबेरै खुलेको छ ।