
काठमाडौं, माघ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ‘बहुउद्देशीय कार्यालय भवन’ निर्माण हुने भएको छ । भवन निर्माणका लागि नगरपालिका र नगर विकास कोषबिच सोमबार सम्झौता भएको छ ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्कीबिच उक्त आयोजनामा सम्झौता भएको हो ।
सम्झौता अनुसार भवन निर्माणका लागि कोषबाट १० करोड ४७ लाख ९ हजार आठ सय ऋण र १ करोड ६१ लाख ९ हजार दुई सय रुपैयाँको अनुदान प्राप्त हुनेछ नगरप्रमुखका स्वकीय सुवास फुयालले हाम्रोसंचारलाई जानकारी दिए ।














