
काठमाडौँ, माघ ४– रुसी सेनामा भर्ना भएका लमजुङका अर्का एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा लमजुङ दूधपोखरी गाउँफालिका १ का ३२ वर्षीय साजन गुरुङ रहेका छन् ।
उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए । गुरुङका अनुसार उनको मृत्युको खबर चार–पाँच दिनअघि आएको थियो ।
साजन तीन–चार महिनाअघि मात्रै रुसी सेनामा भर्ति भयुएका थिए । युक्रेन-रुस युद्धमा ज्यान गुमाएका साजनका उनको बुबा, आमा, श्रीमती र ५ वर्षका छोरा छन् ।
३२ वर्षीय साजन असोज १ गते मकाउ जानका लागि भनेर घरबाट हिँडेका थिए । तर उनी मकाउ नभई रुस पुगेका थिए । साजनले रूसी फौजीको लुगा लगाएको फोटो फेसबुकमा राखेपछि पात्रै परिवारले साजन रुस गएको थाहा पाएका थिए ।
साजनले रूस पुगेर तालिम लिँदै गर्दाको फोटा फेसबुकमा राखेपछि रूसी फौजमा भर्ना भएको साजनका बुवा श्रीमान गुरूङ छाँगाबाट खसेजस्तै भएका थिए ।
अहिले छोराको निधन भएको खबर साजनका बुवालाई पत्याउनै मुस्किल परिरहेको छ । उनले भने,”रूसी फौजमा भर्ना भई युक्रेनविरूद्ध युद्ध लड्ने क्रममा मृत्यु भएको भनेर साजनका साथीहरूले कान्छो छोरा कुमारलाई भनेका रहेछन् । आफ्नो आँखाले लास नदेखी पत्याउन सक्दैनौं ।”