Skip

Hamro Sanchar

इनार छोपेको स्लाब फुट्दा इनारभित्र खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १ गते


काठमाडौं, माघ १- इनारमा खसेकी महिलाको उद्धार गरिएको छ । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको हो ।

दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधानलाई उद्धारपछि उपचारका लागि पाटन अस्पतालमा लगिएको ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जानकारी दिए ।

उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो । उनी आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढ्दा स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।


प्रतिकृया दिनुहोस्