Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृह प्रशासनले बालकुमारीमा जानाजान दुई युवाको हत्या गर्‍यो : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १६ गते


Advertisement

काठमाडौँ, पुस १६- रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका हुन् ।

‘तपाईँलाई म स्पस्ट भन्छु देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा बोकेर गएको युवाको गृह प्रशासनले हत्या गर्यो’, उनले उच्च राजनीतिक नैतिकताको अपेक्षा गर्दै बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृहप्रशासनले लापरबाही गरेको बताए ।

‘पहिला गोली चलेको हो कि मन्त्रीको गाली जलेको हो ? त्यसमा पनि तपाईँहरुको गोलमटोल जवाफ छ’, उनले आदेश नै विना प्रहरीले दिनदहाडै मार्ने हिम्मत नगर्ने बताए ।


प्रतिकृया दिनुहोस्