Hamro Sanchar

मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १२ गते


काठमाडौं, पुस १२- मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ ।

बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर २०७६ सालदेखि आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानवको गत मंगलबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

यस्तै आज बिहान गत असारबाट सोही आश्रममा बस्दै आएका २५ वर्षीय अमित बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको मृत्यु कालगतिले भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्