Hamro Sanchar

नाबालिग छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ९ गते


काभ्रे, पुस ९- काभ्रेमा नाबालिग छात्रा बलात्कार गरेको आरोपमा दुई जना प्रकाउ परेका छन् । पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षक छात्रा बलात्कार गरेको आरोपमा प्रकाउ परेका हुन् ।

कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढेको डिएसपी श्रेष्ठले बताए ।

पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि आइतबार नगरपालिकालाई खबर गरिएको थियो । आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए ।


प्रतिकृया दिनुहोस्