
काठमाडौं, पुस ९- घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत एक नेपाली महिलाको मृत्यु भएको छ । मनहरी-५ मकवानपुर घर भएकी ४१ बर्षिया सुनमाया घलानको आइतबार दिउसो मृत्यु भएको हो ।
मृगौला पिडित सुनमायाको फर्वानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घरेलु कामदारको रुपमा कार्यरत घलान अबैधानिक रुपमा बस्दै आएकी थिइन् ।
मृतक घलानले गत महिना २० नोभेम्बर २०२३ मा नेपाली राजदूतावासबाट स्वदेश फर्कन ट्राभल डकुमेण्ट समेत लिएकी बुझिएको छ ।
घटनाबारे नेपाली राजदूतावासमा जानकारी प्राप्त भैनसकेको दुताबासका प्रथम सचिव प्रेम गौतमले बताए ।


















