
काठमाडौं, पुस ५- वैदेशिक रोजगारीका लागि कुवेत गएका एक नेपाली श्रमिकको त्यहाँ पुगेको ३ महिनामै निधन भएको छ । मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङ रहेका छन् ।
तीन महिनाअघि कुवेत पुगेका तामाङको यही डिसेम्बर १७ तारिख राती सुतेकै अवस्थामा मृत्यु भएको हो । राती खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए ।
डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्ने गरेको बताइएको छ ।
नेपाली राजदुताबास कुवेतका प्रथम सचिव प्रेमराज गौतमले तामाङको शव नेपाल पठाउने प्रक्रियामा रहेको बताए ।