Hamro Sanchar

घरमै गरे नजरबन्दमा परेपछि दुर्गा प्रसाईंले भने- ‘मलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति छैन’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ८ गते


Advertisement

काठमाडौं, मङ्सिर ८- गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईंले प्रहरीले हाल आफूलाई ‘होम अरेस्ट’ गरेको बताएका छन् ।

भक्तपुरको ठिमिस्थित निवासमै पत्रकार सम्मेलन गरेर उनले भने, ‘मलाई यसरी एरेस्ट गर्छन् भने ठिक छ । मलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति छैन’, उनले भने, ‘म क्यान्सर सरभाईभल मान्छे हो । म कहिलेसम्म बाच्ने हो थाहा छैन ।’ उनले प्रधानमन्त्रीले हिजो के बाचा गरेर आउनुभएको थियो ? त्यो बाचा पुरा गर्नुभएको छ कि छैन ? भनेर प्रश्न समेत गरे ।

उनले आफूलाई प्रहरीले गिरप्तार गरे पनि आन्दोलन भने नरोकिने दाबी गरेका छन् । हाल प्रहरीले उनको घरवरीपरि पहरा दिइरहेको छ ।

प्रसाईंको पत्रकार सम्मेलन भने जारी रहेको छ । उनले आज तीनकुनेमा प्रदर्शन गरिने बताएका थिए । तीनकुने पुगेका उनका केही समर्थकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्