
काठमाडौँ, मङ्सिर ८- मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।
भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी पुगेर घेरा हालेको हो ।
राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको हो ।
प्रसाई निवास वरपर प्रहरी परिचालन गरिएको र प्रहरीले त्यहाँ आउजाउ गर्नेहरु माथि सोधपुछ गर्नुका साथै कडाई गरेपछि उनले अहिले निवासमै पत्रकार सम्मेलनको तयारी बताइएको छ ।
प्रसाईले पत्रकार सम्मेलन गरेर आफूहरुले थप धारणा सार्वजनिक गर्न लागेका बताइएको छ ।
प्रशासनले प्रसाईले तीनकुनेमा प्रदर्शन गर्न अनुमति नलिएको र जबरजस्ती गरे धरपकड हुने स्पष्ट पारिसकेको छ ।


















