Hamro Sanchar

महेश बस्नेतको चेतावनी : प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीबाट बाटोमा पछार्ने तागत छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ७ गते


Advertisement

काठमाडौँ, मङ्सिर ७- एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत रहेका बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

‘म प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न चेतावनी दिन्छु, तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो ? त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ’, बस्नेतले चेतावनी दिए ।

उनले एमालेको कार्यक्रम अव सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने पनि बताए ।

 


प्रतिकृया दिनुहोस्