Hamro Sanchar

मोरङको उर्लाबारीमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ७ गते


विराटनगर, मङ्सिर ७- मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएसँगै उर्लाबारीको आगलागीमा परेर मृत्यु हुनेको सख्या ३ पुगेको हो ।

मोरङ प्रहरीका अनुसार बिहीबार बिहान ६ः३० बजे कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको हो । उपचारकै क्रममा यसअघि तपन पण्डितको मृत्यु भइसकेको थियो ।

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी भएको थियो । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
हाल सो अस्पतालमा २२ जना घाइतेहरू उपचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसीयू कक्षमा ६ जना उपचाररत छन् ।


प्रतिकृया दिनुहोस्