आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टिकटकको विकल्पमा आयो ‘रमाइलो’ एप, यी उमेरकाले मात्र चलाउन पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ५ गते


Advertisement

काठमाडौं, मंसिर ५- नेपाली युवाले टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक गरेका छन् । आजदेखिआइडिया जार डिजिटल कम्पनीले यो एप सञ्चालनमा ल्याएको हो ।

आइडिया जार डिजिटल कम्पनीले छोटो भिडिओका लागि टिकटकको विकल्प सो एप ल्याएको हो । जुन एपमा भिडिओ हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर, लाइक, कमेन्ट, शेयर र लाइभ बस्न मिल्छ ।

तर, एपमा १३ वर्ष उमेरभन्दा माथिकाले पहुँच राख्न पाउनेछन् । नेपाल सरकारले टिकटक ब्याड गरेपछि नेपालमै बनेको ‘रमाइलो’ एपलाई नेपाली प्रयोगकर्ताले कतिको रुचाउने अपेक्षा निर्माताले गरेका छन् ।

एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्ने कम्पनीले बताएको छ ।


प्रतिकृया दिनुहोस्