आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टिकटकमाथि सरकारी प्रतिबन्ध : भीपीएन डाउनलोड गरेर चलाउने बढे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १ गते


Advertisement

काठमाडौं, मङ्सिर १- सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एप डाउनलोड गर्ने एकाएक बढेको छ। टिकटक चलाउन भीपीएन डाउनलोड गर्नेको संख्या एकाएक बढेको हो। सरकारले प्रतिबन्ध लगाएपनि भीपीएनमार्फत टिकटक हेर्न सकिन्छ।

बिहीबार अपरान्हसम्म गुगल प्ले स्टोरबाट विभिन्न निर्माताहरुले निर्माण गरेका भीपीएन एप सर्वाधिक डाउनलोड भएको छ। शीर्ष स्थानमै सुपर भीपीएन नामक एप प्ले स्टोरबाट सबैभन्दा धेरैपटक डाउनलोड भएको छ। यसअघि उक्त एप डाउनलोड हुने सूचीको शीर्ष ५ भन्दा बाहिरै थियो।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएसँगै सामाजिक सञ्जालहरुबाट भीपीएन प्रयोग गर्न आह्‍वान भएको थियो। जसका कारण भीपीएन प्रयोगकर्ताको संख्या तीव्ररूपमा उकालो लाग्दै गएको देखिन्छ। भीपीएनको बढ्दो प्रयोगसँगै देशबाट ब्यान्डविथ खरिदका लागि पैसा विदेशिने परिमाण भने बढ्ने देखिन्छ।

भीपीएन भनेको भर्चुअल प्राइभेट नेटवर्क हो। सरकारले टिकटक प्रतिबन्ध लगाउनुअघि इन्टरनेट सेवा प्रदायक (आइएसपी) मार्फत सिधैं टिकटकको सर्भरमा प्रयोगकर्ताको पहुँच हुन्थ्यो। साइबर सुरक्षा विज्ञ सुयस नेपाल भीपीएन प्रयोग गरेका प्रयोगकर्ताको डिभाइसमा कुन सामाजिक सञ्जाल चलिरहेको छ भन्ने आइएसपीलाई थाहै नहुने बताउँछन्। प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर टिकटकमा सजिलै पहुँच राख्न सक्छन्।


प्रतिकृया दिनुहोस्