Hamro Sanchar

मेलुङ गाउँपालिकाद्धारा आगलागी पीडित मनमायालाई राहत प्रदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २४ गते


दोलखा, कात्तिक २४- दोलखाको मेलुङ गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ । बिहिबार बिहान भएको आगलागीमा सर्वस्व गुमाएकी मेलुङ १ पवटीस्थित रुखिनी टोल निवासी मनमाया नेपालीको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो ।विचल्नीमा परेका परिवारलाई तत्कालका लागि गाउँपालिका अध्यक्ष हिरा थोकरको उपस्थितिमा ३ सेट सिरक डस्ना, परिवारका ६ जनालाई लत्ताकपडा, ३ बोरा चामल, नुन, तेललगायतका बन्दोबस्तीमा सामान प्रदान गरिएको वडाअध्यक्ष इश्वर कोइरालाले हाम्रोसंचारलाई जानकारी दिए ।

आगलागीमा घर गुमाएकी नेपाली हाल आफन्तको घरमा शरण लिएर बसिरहेकी छन् ।

तत्कालका लागि सहज जीवन यापनमा सहयोग पुर्याउन अग्नी पीडितलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

मनमायाको घरमा बिहिबार विहान विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट नेपालीको घरमा रहेको नगद, अन्न, लत्ताकपडा आदि जलेर नष्ट हुँदा करिव साढे ६ लाख बराबरको क्षति भएको वडाअध्यक्ष कोइरालाले जानकारी दिए ।
आगलागीपीडितलाई तत्काल खान र बस्नका आवश्यक सामाग्री वितरण गरिएको र आफुले पिडितको अवस्था निरीक्षणसमेत गरेको गाउँपालिका अध्यक्ष थोकरले बताए । आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरेका छौं । आगलागी पीडितलाई घर निर्माणका लागि पहल थालिने अध्यक्ष थोकरको भनाई छ ।

प्रतिकृया दिनुहोस्