
काठमाडौँ, कात्तिक २३- मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छाँयानाथ रारा नगरपालिका वडा नम्बर–७ पिनागाउँका गोरखराज शाही ठकुरी छन् ।
पक्राउ गरिएको आरोपितको नाम प्रहरीले औपचारीकको रुपमा सार्वजनिक गरेको छैन । उनी मृतक परिवारका आफन्त हुन् ।
कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
घटनाबारे शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।