Skip

Hamro Sanchar

पक्राउ परे रिगल, ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १६ गते


बाँके, कात्तिक १६- रिगल भनिने याेगप्रसाद ढकाल प्रहरी नियन्त्रणमा परेका छन् । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलेले दिएकाे कैद मिनाह आज सर्वाेच्च अदालतले बदर गरिदिएपछि रिगललाइ पुनः पक्राउ गर्न परमादेश दिएकाे थियाे । उक्त आदेश पछि रिगल आफै प्रहरीकाे सम्पर्कमा गएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार उनि अहिले प्रहरी नियन्त्रणमा छन् ।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको हो ।

रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए ।

खुँडाले मान्छे काट्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाह गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन् ।

पक्राउ परेका रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो ।


प्रतिकृया दिनुहोस्