काठमाडौं, कात्तिक १४- नेकपा एमालेले दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडको अवसरमा आयोजना गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा दिइएको छ ।
एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेतालाई निमन्त्रणा पठाइएको हो ।
नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रम बुधबार हुँदै छ ।