Hamro Sanchar

दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु, एक जना बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, ८ गते


बुटवल, कात्तिक ८- रुपन्देहीको मर्चवारमा नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

दुर्गा मूर्ति विसर्जन गर्न दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीन जनामध्ये नाउं र राजभरको मृत्यु भएको र सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर बेपत्ता भएका छन् ।

बेपत्ता सन्तकुमारको खोजी भैरहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्