Hamro Sanchar

व्यापारीले कमिशन मागेपछि महावीर आफैँ निस्के किताब बेच्न सडकमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, ३ गते


काठमाडौं, कात्तिक ३- वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन् । उनले अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै किताब बेचिरहेका छन् ।

उनलाई थुप्रै युवाहरूले साथ दिएका छन् । उनले राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उक्त पुस्तक बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालन गर्न सहयोगार्थ भन्दै किताब किनेर सहयोग गर्न अपिल गरेका छन् ।

उनले विज्ञापन गर्दै भन्छन्,‘आउनुहोस् किताब आयो, महाबिर पुनको जीवन कथाको किताब आयो, राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको किताब विरगञ्जको कृषि औजार केन्द्रको कारखानालाई सञ्चालन गर्नको लागि सहयोगार्थ किताब आयो किन्नुहोस, किन्नुहोस।’


प्रतिकृया दिनुहोस्