Hamro Sanchar

मौसम खराबीका कारण पोखराका लागि उडेका विमान काठमाडौं फर्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १५ गते


काठमाडौं, असोज १५- पोखराका लागि उडेका दुई जहाज काठमाडौंमै फर्किएर अवतरण भएका छन् ।

मौसमको खराबीका कारण काठमाडौंबाट पोखरा उडेका दुई विमान पुन काठमाडौं नै फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाए अनुसार पोखरा उडेका विमान मौसम खराबीका कारण अवतरणमा समस्या देखिएपछि पुनस् काठमाडौं नै फर्किएका छन् ।

आज बिहान पोखरा उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी काठमाडौं फर्किएका हुन् । पोखरमा बाक्लो कुहिरो लागेका कारण अवतरणमा समस्या भएको कार्यालयका एक कर्मचारीले बताए ।

उनका अनुसार दुई जहाज काठमाडौं फर्किएपछि त्रिभुवन विमानस्थलमा केहीबेर उडान र अवतरण प्रभावित भएको थियो ।


प्रतिकृया दिनुहोस्