Hamro Sanchar

माओवादी सुदूरपश्चिम प्रदेश उपाध्यक्ष बडुवालको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ११ गते


कैलाली, असोज ११- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ ।

निमोनियाबाट ग्रसित रहेका उनलाई उपचारका लागि कैलालीबाट भारतको लखनउ लैजाँदै गर्दा बुधबार राति बाटोमा निधन भएको पारिवारिक भएको हो ।

उनी माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका थिए । बडुवालको स्वास्थ्यमा समस्या आएपछि उनी कैलालीस्थित घर फर्किएर थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि लगखनउ लैजाँदै गर्दा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०७१ साल असोज २० गते डोटीको कटकटे बस दुर्घटनामा उनले श्रीमती र एक छोरा गुमाएका थिए ।


प्रतिकृया दिनुहोस्