Hamro Sanchar

कार्यशैली सच्याउन सभापति देउवालाई दिए शेखर कोइरालाले चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ३ गते


काठमाडौं, असोज ३- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका छन् ।

मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरु आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिएका हुन् ।

जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् । सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।


प्रतिकृया दिनुहोस्