Hamro Sanchar

सरकारले बोलाएको वार्तामा गएनन् शिक्षकहरू, भोलि आन्दोलन गर्ने तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २ गते


Advertisement

काठमाडौं, असोज २- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधि गएनन् ।

मन्त्री राईले मंगलबार दिउँसो वार्ताका लागि महासंघलाई बोलाएका थिए । महासंघले पठनपाठन रोकेर असोज ३ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेपछि मन्त्रालयले आज मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

समस्या समाधान नहुने वार्तामा बस्नुको अर्थ नरहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । शिक्षा सम्बन्धी विधेयकमा प्रस्ताव गरिएका प्रावधानप्रति असन्तुष्टि जनाउँदै महासंघ आन्दोलित भएको छ ।

महासंघले देशभरका विद्यालय बन्द गरेर भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ ।


प्रतिकृया दिनुहोस्