Hamro Sanchar

नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २८ गते


Advertisement

काठमाडौं, भदौ २८–  म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले लगाएको छ ।

“हामी विशेष चिन्तित छौं किनकी उनले पर्याप्त चिकित्सा सेवा प्राप्त गरेका छैनन् । सैनिक सरकारले उनको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उनलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलडिसीले एक विज्ञप्ति निकालेर भनेको छ ।

हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित भएको र खाना खान असमर्थ रहेको जनाएका छन् ।


प्रतिकृया दिनुहोस्