
काठमाडौं, भदौ २७-सरकारले आजै संसदमा दर्ता गरेको विद्यालय विधेयकप्रति नेपाल राहत शिक्षक केन्द्रीय समितिले असहमति जनाएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको तयारी गरेको जनाएको हो । समितिले देशभर कार्यरत ४० हजार राहत शिक्षकको पेसागत भविष्य माथि विश्वासघात गर्ने गरि सीमित शैक्षिक माफियाहरूको झुण्डले यो विधेयक तयार गरेको आरोप लगाएको छ ।
‘अहिले दर्ता भएको विधेयकमा हाम्रो अत्यन्त गम्भीर असहमति रहेको जानकारी गराउँदै देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी, राहत, करार, बालविकास, साविक उच्च मावि शिक्षक सिकाई अनुदान छुट अस्थायी करार, पेन्सन बञ्चित शिक्षक, प्राविधिक धार लगायत कसैको पनि अपेक्षित माग सम्बोधन नभएकोले समितिले शसक्त सडक आन्दोलन गर्ने गरि तयारी थालेको जानकारी गराउँछौँ,’विज्ञप्तिमा भनिएको छ ।


















