एजेन्सी, भदौ २६-लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा दुई हजार जनाको मृत्यु भएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ बेपत्ता भएका बताएका बीबीसीले जनाएको छ ।
लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताए अनुसार ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्छ । गएको आइतवार ड्यानियल आँधीका कारण सङ्कट उत्पन्न भएको हो । आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ ।
डेरनाका दुई वटा बाँध पनि भत्किएको र त्यस क्षेत्रमा झन्डै १० हजार जना मानिस बस्ने अनुमान छ । डेरनाको पूरै क्षेत्र बगेको छ ।