Skip

Hamro Sanchar

गोसाइँकुण्ड मेलामा ३ लाख २८ हजार भेटी संकलन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १७ गते


रसुवा, भदौ १७- धार्मिकस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लागेको मेलामा ३ लाख २८ हजार रुपैयाँ भेटी संकलन गरेको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार १० दिनसम्म चलेको मेलामा ३ लाख २८ हजार ५१ रुपैयाँ भेटी संकलन भएको हो । मेलामा करिब १५ हजार तीर्थयात्रीले मेला  भरेका समितिले जनाएको छ ।

रसुवाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन् ।


प्रतिकृया दिनुहोस्