Skip

Hamro Sanchar

गोरु काटेर खाएको विरोधमा धरानमा हिन्दूवादीहरूको बिशाल प्रदर्शनको तयारि, सुरक्षा व्यवस्था कडा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, ९ गते


विराटनगर, भदौं ९- धरानमा गोरु काटेर खाएको विरोधमा धरानमा हिन्दूवादीहरले बिशाल प्रदर्शनको तयारि गरिरहेका छन् । प्रदर्शनका लागि पूर्वका विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर धरान तर्फ अगाडि बढिरहेका छन् ।

स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी भएकोले धरान शान्त छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको बताए ।

धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने इटहरीमा प्रदर्शनको तयारी गरेका छन् ।


प्रतिकृया दिनुहोस्