Hamro Sanchar

अमेरिकाको हवाई डढेलोमा ११ सय जना बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, ६ गते


Advertisement

एजेन्सी, भदौ ६- संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलँदा त्यसमा परेर मृत्यु हुनेको संख्या एक सय १५ पुगेको छ भने एक हजार एक सय जना अझै बेपत्ता भएका छन् ।

भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण बेपत्ता भएका संघीय जाँच ब्यूरो ९एफबीआई०ले जनाएको छ। एफबिआईले मृतकका अवशेषहरू पहिचान गर्न परिवारका सदस्यहरूलाई सघाउन अनुरोध गरेको छ ।

एफबिआईले सूचना तथा जानकारी संकलनका निम्ति २४ घण्टा सञ्चालन हुने टेलिफोन सेवा सुरु गरिएको जनाउँदै पीडित परिवार एवं अन्यलाई आफूसँग भएका विवरणबारे अवगत गराउन आग्रह गरेको छ ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाको मृत्यु भएको थियो ।

 


प्रतिकृया दिनुहोस्