Skip

Hamro Sanchar

गठबन्धनले टेरेन एमालेलाई, सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २९ गते


काठमाडौँ, साउन २९- सत्तारुढ दलहरुको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको हो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । तर सत्ता गठबन्धनको बैठकले एमालेको माग सम्बोधन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगर्ने निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस्